७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनद्धारा बाढी पीडीतलाई सहयोग



माधव भाट क्षेत्री, कपिलवस्तु, २ भदौ ।
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउन जितपुर ४ नम्बरले बाढी पीडीतहरुका लागि १ लाख २५ हजार राहत रकम प्रदान गरेको छ । क्लवका मिड टाउन अध्यक्ष लक्ष्मण अधिकारीले जिल्ला प्रशासन कार्यालयमा प्रधानमन्त्री दैबी प्रकोप राहत उद्धार कोषको खातामा राखेको उक्त रकमको भौचर बुझाउनुभएको हो ।
सवा लाख रकम मध्ये ७५ हजार सिधै प्रधानमन्त्री राहत कोष तथा ५० हजार रोटरी क्वलको केन्द्रिय कार्यालय हुदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने अधिकारीले बताउनुभयो ।
राहत कोषमा जम्मा गरिएको भौचर बुझदै प्रजिअ बिष्णु ढकालले रोटरी क्लवलाई धन्यबाद दिदै बाढी पीडितका लागि सबैले सक्दो सहयोग गर्न अपील गर्नु भएको छ ।
सामाजिक सेवामा समेत सकृय रहदै आएको रोटरी क्लवले आफना सदस्यहरुसंग सो रकम संकलन गरेको बरिष्ठ उपाध्यक्ष बासुदेव घिमिरेले बताउनुभयो । टोलीमा सचिव माधव क्षेत्री भाट र सदस्य बद्री काफ्ले रहनु भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  १ : ३९ बजे