७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तिलौराकोट साझेदारीको पाचौँ साधारणसभा



कपिलवस्तु, २ भदौ ।
नेपालकै पहिलो तिलौराकोट साझेदारी वनको पाचौँ साधारणसभा कपिलवस्तुको तौलिहवामा संपन्न गरिएको छ । सो सभाले साझेदारी वनको निर्देशिका २०६८ अनुसार वर्तमान कार्य समितिको कार्यकाल २ बर्ष थप्ने निर्णय गरेको अध्यक्ष जय प्रकाश गुप्ताले बताउनुभयो ।
सभाले साझेदारी वनको गत आर्थिक बर्षको प्रगति र आर्थिक प्रतिबेदन समेत पारित गरेको छ । सभामा तिलौराकोट साझेदारी वनका सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरका स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले नेपालकै नमुना बनेको तिलौराकोट साझेदारी वनले बैज्ञानिक वन ब्यवस्थापनका उल्लेखनीय काम गरेको बताउनुभयो ।
सो अवसरमा वन कार्यालयका प्रमुख कृष्णदत्त भट्टले तिलौराकोट साझेदारी वन ब्यवस्थान बिधाको अध्ययन केन्द्र बन्दै गएकोमा खुशी ब्यक्त गर्नुभयोे । अध्यक्ष पाण्डेयको अध्यक्षता, सुभाव चन्द्रदासको संचालनमा भएको कार्यक्रममा मायादेबी साझेदारीका अध्यक्ष अजित खाँ, कपिलवस्तु साझेदारीका अध्यक्ष कपिल तिवारी, शिवराज साझेदारीका अध्यक्ष जगदम्बा चौधरीले मन्तब्य दिनु भएको थियो । यस्तै सभाबाट वनलाई प्रदेश अन्तरगत राखेर स्वयत्तता दिनु पर्ने माग गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  २ : ०५ बजे