१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भारतविरुद्ध उत्रिन गगन थापाको आह्वान, मिलेर बाँध भत्काउन अपील



काठमाडौं, २ भदौ ।
नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् । बाग्लुङ उद्योग बाणिज्य संघ अन्र्तगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव बिहीबार उद्घटन गर्दै कांग्रेस केन्द्रीय सदस्य थापाले राष्ट्रिय समस्या समाधान गर्न एकता जरुरी रहेको बताए ।
‘के कति कारणले तराई डुबानमा परेको छ भन्नेबारे सबै गम्भीर हुन जरुरी छ’, उनले भने, ‘भारतले बनाएका बाँधले तराई डुबेको निष्कर्ष हो भने हामी सबै एक ठाउँमा उभिएर उसलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ । यसका लागि राष्ट्रिय एकता आवश्यक छ ।’
नागरिक दैनिकले समाचार छापेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  ३ : ५० बजे