१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल महिला संघ वडा नम्बर ९ मा पौडेल



कोपिला पोख्रेल, कपिलवस्तु, ५ भदौ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ बाणगंगा नगरपालिका वडा नं ९ मा गठन भएको छ । एक कार्यक्रमको आयोजना गरि सरस्वती पौडेलको सभापतिमा १५ सदस्यिय कार्यसमिति गठन गरिएको हो ।

जसको उपसभापतिमा पुर्णकला घिमिरे, सचिवमा राधा अधिकारी, सहसचिवमा मान कुमारी थारु, कोषाध्यक्षमा पार्वती खनाल, सदस्य हरुमा शान्ता परियार, रेखा खत्रि, लक्ष्मि खत्रि, तिनमाया खडका, सकुन्तला आचार्य, मिरा पौडेल लगायत रहनुभएको छ ।

कार्यक्रम एकाई कार्यबाहक सभापति प्रेम बहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियनकी केन्द्रीय सदस्य बिमला गैरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै गैरेले नबनिर्बाचित सबैलाई धन्यबाद दिदै महिला संघलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन आग्रह गर्नुभयो ।

साथै बिगत ५१ प्रतिशत महिला रहेपनि मतदाता नामावलीमा ५५ प्रतिशत महिला रहेको जानकारी गराउदै महिलाको भुमिका हरेक क्षेत्रमा महत्वपुर्ण रहेको प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा जिल्ला सदस्य देवेन्द्र रायमाझी, भुवनेश्वर पौडेल, क्षेत्रीय प्रतिनिधि टिका पोख्रेल लगायतले सुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम राधा अधिकारीको स्वागत तथा दिपक कुवरको संचालनमा सम्पन्न भएको थियो । ५ सय बढि महिलाहरुको सहभागिता रहेको कार्यक्रममा सामुहिक रुपमा दरखाने कार्यक्रम पनि सम्पन्न भएको छ ।

 

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  ३ : ३४ बजे