१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पार्टीबाट विचलित नहुन राप्रपा कपिलवस्तु अध्यक्ष सिंहको आग्रह



कोपिला पोख्रेल, कपिलवस्तु ६ भाद्र ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाणगंगाको नगरस्तरीय बैठक लक्ष्मणघाटमा सम्पन्न भएको छ । नगर अध्यक्ष गिरीराज कडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष नारायण बहादुर सिंह प्रमुख अतिथ्यता रहेको थियो । बैठकमा बोल्दै जिल्ला अध्यक्ष सिंहले पार्टीलाई दुख पर्दा कोहीपनि पार्टिबाट बिचलित नभई पार्टिको संस्थापन पक्षलाई कटिबद्ध भएर समर्थन गर्न सबैलाई आग्रह गर्नुभयो ।
बैठकमा क्षेत्रीय अध्यक्ष प्रकाश भुषाल, ट्रेड युनियनका जिल्ला अध्यक्ष राजेन्द्र अधिकारी, धर्मसभाका जिल्ला अध्यक्ष ज्योतिष खेमराज पौडेल लगायतले बोल्नुभएको थियो ।

त्यस्तै डिलीराम शर्मा, रमाकान्त चौधरी, रमेश घिमिरे, हरिबहादुर पाण्डे, युबराज पोख्रेल, धनेश्वर पौडेल, ईश्वरी गिरी, रामलखन थारु, सिरधर घिमिरे, सरस्वति ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा संगठन बिस्तार, चुनाबको समिक्षा लगायतका बिषयमा छलफल भएको बताईएको छ । कार्यक्रमको संचालन क्षेत्रीय अध्यक्ष प्रकाश भुषालले गर्नुभएको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  १२ : २२ बजे