१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राजपा नेपालका कार्यकर्ताले एमाले र राप्रपाको झण्डा जलाए



मायादेवी अनलाइन, कपिलवस्तु, भाद्र ७ ।
राजपा नेपाल कपिलवस्तुका कार्यकर्ताले नेकपा एमाले र राप्रपाको झण्डा जलाएर अराजनैतिक हर्कत देखाएका छन् । दोस्रो पटक पेश गरिएको संबिधान संसोधन प्रस्तावको विपक्षमा भोट हालेको झोकमा उनिहरुले दुवै पार्टीको झण्डा जलाएका हुन् ।
झण्डा जलाए पछिको कोणसभामा बोल्दै राजपा नेपालका आन्दोलन संयोजक केपी शर्मा (जोनसन) ले संबिधान संसोधनको विपक्षमा जाने मधेस विरोधी भएको आरोप लगाए । उनले उनिहरुलाई जनताले हिसाब लिनु पर्ने बेला आएको ठोकुवा गरे ।
कपिलवस्तु प्रशासनकै अगाडी गरिएको यस्तो अशोभनिय र अराजनैतिक क्रियाकलाप प्रति प्रहरी प्रशासन मौन जस्तै बनेको थियो ।
यद्यपि राजपा नेपालका कर्याकर्ता आक्रोसित हुदै अराजनीतिक शब्द बोल्न थाले पछि बल्ल प्रहरीले दुई जना राजपा नेपालका नेतालाई पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेमा राजपा नेपालका नेता जोनसन र रामप्रसाद यादव हुन् ।
पटक पटक संविधान विपरित मधेस केन्द्रित दलले आन्दोलन गर्दा पनि यहाँको प्रशासन चुपचाप बस्ने गरेको छ । कानुनको बर्खिलाप गरि अपनाइने राजनीतिक संस्कार प्रति प्रहरी प्रशासन मौन जस्तै बस्नु रहस्यमय रहेको बेला बेला टिप्पणी हुने गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  १ : ५७ बजे