१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कांग्रेसले संशोधन फेल गराएको एमालेको निष्कर्ष



काठमाडौं, ७ भदौ ।
प्रमुख प्रतिपक्षी एमालेले आफ्ना विरुद्ध चुनावी एजेण्डा बनाउन कांग्रेसले नियोजित रुपमा संविधान संशोधनको विधेयक फेल गराएको निष्कर्ष निकालेको छ । आज बिहान पार्टी कार्यालय धुम्बराईमा बसेको स्थायी समिति बैठकले छलफल नै नगरी सत्ता गठबन्धनले संशोधन दर्ता र फेल गराएको आरोप लगाएको हो ।

मधेसी दलसँग एमालेको दूरी बढाउने र एमालेलाई लाञ्छना लगाउन सरकारले संशोधन विधेयक फेल गराएको सचिव प्रदीप ज्ञवालीले बताउनुभयो । विशेष गरी कांग्रेसले चुनावी एजेण्डाका लागि संशोधन तयारीबिनै निर्णयार्थ संसदमा पेश गरेको उहाँको दावी थियो । यस्तै बैठकमा प्रदेशसभा र प्रतिनिधिसाको चुनावको तयारीबारे पनि छलफल भएको ज्ञवालीले जानकारी दिनुभयो ।

प्रदेश र प्रतिनिधिसभा चुनावको लागि दल दर्ता गर्नेबारेमा औपचारिक निर्णय गर्ने एमालेले जनाएको छ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि आउँदो आइतबार सम्ममा दल दर्ता गराउन राजनीतिक दललाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  ४ : २९ बजे