१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा



काठमाडौं, ९ भदौ ।
नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा बंगलादेशलाई ४–२ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । ललितपुरको सातदोबाटोस्थत एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि आकाश बुढामगरले दुई, बिज्रेस चौधरी एक र नजमुल विश्वासले एक आत्मघाती गोल गरे । वंगलादेशले ७२ र ७३ मिनेटमा दुई गोल र्गयो ।
आजै भएको सेमिफाइनलको अर्को खेलमा भुटानलाई २–० ले हराउँदै भारत फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले भारतको सामना गर्नेछ । यसअघि सेमिफाइनलको हारको बदला लिन नेपाललाई फाइनल सुनौलो मौका हुने छ । फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  १२ : ४७ बजे