१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कालिका क्लबको एघारौँ संस्करणमा भलिवल प्रतियोगीता



दिपक अनुरागी, कपिलवस्तु, १० भाद्र ।

यस क्षेत्रको प्रतिष्ठित कालिका क्लव धरमपुरले सदाको बर्षहरुमा झै यस बर्ष पनि कालिका कप नकआउट पुरुष भलिवल प्रतियोगीताको आयोजना गरेको छ । ११ औ संस्करणमा सञ्चालित यस बर्षको प्रतियोगीताले पनि सर्वाधिक चर्चा बटुलेको छ ।
कालिका क्लबले आयोजना गर्ने भलिवल खेल प्रतियोगीताले खेलाडी र खेलप्रेमीको मनोबल उच्च हुदै आएको छ । साविक पटना गाविस र हालको वाणगंगा नगरपालिका १० मा अवस्थित कालिका क्लब कपिलवस्तुकै चर्चित र पुरानो क्लब हो ।

भलिवल खेल नेपालको पुरानो खेल अन्र्तरगत पर्दछ । अन्र्तराष्ट्रिय स्तरमा क्रिकेट, फुटबलको जति माग र प्रशंसा छ त्यति भलिवल खेलको माग भएको पाइदैन । भलिवलको आफ्नै महत्व र विशेषता रहेपनि हराउँदै जान थालेको छ । यद्यपि भलिवल खेलको जगेर्ना स्वरुप कालिका क्लबले हरेक बर्ष भलिवल प्रतियोगीता आयोजना गर्ने गरेको क्लबका कोषाध्यक्ष शिव कुमार सोमैले बताउनुभयो ।

क्रिकेट, फुटबल खेल्ने खेलाडीले विश्व कप सम्म पुगौं भन्ने उद्देश्य राखेपनि राज्य स्तरबाट भलिवल खेलमा गरिएको उपेक्षाको कारण भलिवल खेलाडीमा निरासा पैदा हुने आएको छ । कपिलवस्तुमा पनि निकै प्रख्यात भलिबल खेल हराउदै जान थालेको कारण हरेक हिन्दुनारीहरुको महान चाड तीजको अवसर पारि भलिबल खेल खेलाउन थालिएको क्लबले जनाएको छ । प्रतियोगीतामा सहभागी भएर उत्कृष्ट हुने क्लब तथा समूहलाई कालिकाले यस क्षेत्रकै सर्वाधित राशिको पुरस्कार दिने भएको छ ।

प्रथम हुनेलाई ५० हजार, मेडल, प्रमाणपत्र दिइने छ । यस्तै दोस्रोलाई नगद ३० हजार, तेस्रोलाई १५ हजार र सान्त्वना आउनेलाई ५ हजार, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।   प्रतियोगीतामा विभिन्न १६ टिमको सहभागीता रहेको कोषाध्यक्ष सोमैले बताउनुभयो । बिहिबार ८ गते देखि जारी प्रतियोगीता यहि १० गते सम्म चल्नेछ । बिहिबार खेलको उद्घाटन गर्दै वाणगंगा नगरपालिकाका मेयर मङ्गल प्रसाद थारुले खेलले सामाजिक सद्भाव र आत्मियता जोड्नमा सहयोग गर्ने बताउनुभयो । खेलको विकासमा सिंगो नगरपालिका लाग्नेमा उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबिच प्रतियोगीता अन्तरगत शुक्रबार सात खेल भएका छन । पहिलो चरण अन्तर्गत भएका ६ खेल मध्ये पहिलो  खेलमा कानुङ्ग युवा क्लब सोहनपुरले पाल्पा ग्रुपलाई हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

दोस्रो खेलमा नबसिद्धि युवा क्लब गजेहडा र रिभर साईड युवा क्लब रुद्रपुर बिच भएको खेलमा रिभर साईड युवा क्लब रुद्रपुरलाई हराउदै नबसीद्धि युवा क्लब गजेहडा क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

तेस्रो खेलमा लाफा समुह बुटबल लाई हराउदै बे्रभ गोर्खा युवा क्लब बुटबल क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

त्यस्तै चौथो खेलमा मुर्गिया स्पोर्ट क्लब मुर्गियालाइ हराउदै जनप्रेमि युवा क्लब, बबनि क्वाटर फाईनलमा प्रबेश गरेको हो ।

पाचौ खेलमा नबसिद्धि युवा क्लब बी गजेहडा लाई हराउदै कालिका क्लब ए क्वाटर फाईनलमा पुग्न सफल भएको हो ।

त्यस्तै छैठौ खेलमा कालिका क्लब बीलाई हराउदै मणिमुकुन्द युवा क्लब रातो बुटबल पनि क्वाटर फाईनलमै प्रबेश गरेको हो ।

त्यसैगरी शुक्रबार नै क्वाटरफाईनलमा प्रबेश गरेका मणिमुकुन्द भलिबल क्लब निलो रुपन्देहि र कानुङ्ग युवा क्लब सोहनपुर बिच भएको खेलमा कानुङ्ग युवा क्लबलाई मणिमुकुन्द युवा क्लब रातो बुटबलले पराजित गरेको छ । अब क्वाटरफाईनलमा पुगेका तिन टीम खेल्न शनिबार हुनेछ । साथै क्वाटरफाईनलमा प्रबेश गरेका टीमहरु बिच दोस्रो खेलको फाईनल पनि शनिबारनै हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७४ शनिबार ००:००  ५ : ०३ बजे