१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एमालेले टुंग्यायो २ नम्बर प्रदेशका ११६ स्थानीय तहका उम्मेदवार (यस्ता छन उम्मेदवार)



११ भदौ, काठमाडौं ।
प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश नम्बर २ प्रदेशका ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाएको छ । धनुषाका केही र बाँकी २० वटा स्थानीय तहका मेयर र उपमेयरको टुंग्यो भदौ १५ अघि नै लगाउने एमालेले जनाएको छ ।
प्रदेश नम्बर २ का उम्मेदवार टुंगो लगाउनेमा एमाले पहिलो बनेको छ । कांग्रेसले मंगलबारसम्म टुंगो लगाउने बताएको छ । माओवादी र मधेस केन्द्रित दलहरुले टुंगो लगाउन बाँकी छ ।
एमालेले वीरगञ्ज महानगरपालिकासहित अधिकांश स्थानीय तहमा उम्मेदवार तय गरेर प्रचार प्रसारमा खटाइसकेको प्रदेश सहसंयोजक नागेन्द्र चौधरील बताउनु भयो।
प्रदेश नम्बर २ मा पर्ने तीनवटा उपमहानगरपालिकामा उम्मेदवार तय हुन बाँकी छन् । जनकपुरमा कांग्रेस नेता तथा पूर्वमेयर बजरंग शाहलाई एमाले प्रवेश गराएर टिकट दिने तयारी भइरहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  ७ : १४ बजे