१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यु–१५ साफ च्याम्पियनसिप फुटबल नेपाल भर्सेस भारत



काठमाडैं, भदौ ११ ।
पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
नेपालले बंगलादेशलाई र भारतले भुटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् । यसअघि समूहचरणको खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । नेपाली टोलीलाई घरेलु मैदान र दर्शकको साथ हुनेछ । दुवै टोलीका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् ।
नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले आफूहरुसँग भारतलाई हराएर इतिहास बनाउने मौका रहेको र आफूहरु त्यसका लागि तयार रहेको बताए । समूह चरण तथा सेमिफाइनलका खेलले टिमका खेलाडीलाई उत्साह दिएको प्रशिक्षक श्रेष्ठले बताए ।
यस्तै भारतका प्रशिक्षक बिबिएनो फर्नान्डेसले नेपाली टिम बलियो रहेकाले आफूहरुले त्यही अनुसार तयारी गरेको बताए । तर नेपालसँगको फाइनल खेल चुनौतीपूर्ण रहेको उनको भनार्य छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  ७ : २४ बजे