८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मन्त्री बस्नेत भन्छन्, प्रधानमन्त्रीको भारत भ्रमणबारे कुरा उठाउनु गलत



शरद रेग्मी, दाङ, ११ भदौ ।
सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बिचको सम्वन्ध थप प्रगाढ बनाउन भूमिका खेलेको बताउनुभएको छ । रिपोटर्स क्लव नेपाल दाङ शाखाले आइतवार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री बस्नेतले प्रधानमन्त्री शेरवहादुर देउवाको भ्रमणका सवालमा भिन्न ढंग कुरा उठाउनु गलत भएको बताउनुभयो ।
प्रधानमन्त्रीको भ्रमणको क्रममा पुराना सन्धि सम्झौंताहरुको मात्रै पुनराबलोकन भएको तर, नयाँ सन्धि सम्झौंता केही नभएको मन्त्री बस्नेतले बताउनुभयो । प्रतिपक्षी हुँ भन्दैमा राष्ट्रियताको सवालमा मनपरी बोलेर राजनीति नगर्न उहाले प्रतिपक्षी एमालेलाई आग्रह पनि गर्नुभएको थियो ।
त्यस्तै उहाले सरकार अल्पमतमा छ वा यसको विकल्प शुरु भइसकेको छ भन्नु गलत हुने बताउनुभयो । ‘ आक्कल झुक्कल र आंशिक रुपमा कुरा चल्नुको अर्थ छैन ।’ मन्त्री बस्नेतले भन्नुभयो ‘ यो सरकार परिवर्तनको जमिन बनेको छैन ।’ रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अहिले दश प्रतिशत असन्तुष्टहरु पनि सहमतिमा आएको हुँदा प्रदेश र संघको निर्वाचन एकै चरणमा हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाले २०७४ लाई जनप्रतिनिधी चुन्न पाउने खुसीको बर्ष भएको बताउनुभयो । ‘संविधान कार्यान्वयनको वर्ष, नेपाली जनता बीचको एकताको बर्ष र खुसीको बर्ष हो ।’ मन्त्री बस्नेतले भन्नुभयो । एकात्मक राज्य प्रणालीमा चलेको कर्मचारी संयन्त्र अहिले संघीय संरचनामा जाँदा व्यवस्थापनमा केही समस्या भएपनि दशैं अगाडि सम्म कर्मचारी व्यवस्थापन गरिसक्ने उहाले बताउनुभयो ।
कार्यक्रमको संचालन क्लबका कोषाध्यक्ष बालाराम खडकाले गर्नुभएको थियो । यसैबिच तुल्सीपुर उध्योग बाणीज्य संघले दाङको बिकासका लागी सहयोग गर्न सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतलाइ आग्रह गरेको छ ।
बाणीज्य संघमा आज बिहान गरीएको मन्त्रीको स्वागत तथा सम्मान कार्यक्रममा उद्योग बाणीज्य संघ अध्यक्ष बिरबहादुर रावतले दाङ सहीत सम्पूर्ण राप्तीको बिकासमा भुमीका खेल्न आग्रह गर्नुभएको थियो ।
सो अबसरमा दाङको समग्र बिकासका लागी तयार पारीएको ज्ञापन पत्र मन्त्री बस्नेतलाइ बुझाइएको थियो । ज्ञापन पत्र बुझदै मन्त्री बस्नेतले दाङ सहीत समग्र राप्तीको बिकाशका लागी आफु लागीपर्ने बताउनुभयो ।
कार्यक्रममा संघका निर्बतमान अध्यक्ष बिमल रिजाल,बरिष्ठ उपाध्यक्ष राम प्रशाद चालीसे लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन महासचीव रुप बहादुर खत्रीले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  ८ : २३ बजे