४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

भारतद्धारा नेपालको लज्जास्पद हार



काठमाडौं, ११ भदौ ।
पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई २–१ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।
वृजेश चौधरीको गोलमा सुरुवाती अग्रता लिएको नेपाल दोस्रो हाफमा दुई गोल खाँदै भारतसँग पराजित भयो । नेपालले बंगलादेशलाई र भारतले भुटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।

प्रकाशित मिति : ११ भदौ २०७४ आइतबार ००:००  २ : १० बजे