१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

प्रधानमन्त्री देउवाको ढिलाईले संसद बैठक सुरु हुन सकेन



काठमाडौं,भदौ १२।

प्रधानमन्त्री शेरबहादुर देउवा समयमा नै संसद भवनमा नपुगेका कारण बैठकमा सुरु हुन ढिलाई भएको छ । संसद बैठक आज १ बजेका लागि बोलाइएको थियो ।
बैठकका लागि सभामुख ओनसरी घर्ती तथा अरु सांसद निर्धारित समयमा नै संसद भवन बानेश्वरमा पुगे पनि प्रधानमन्त्री देउवा नपुगेका कारण बैठक सुरु हुन सकेको छैन ।
भारतको पाँच दिने भ्रमणबाट हिजो मात्र स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने तयारी छ ।
प्रधानमन्त्रीले बोल्न चाहँदा सुरुमा नै उहाँलाई बोल्न दिने र त्यसपछि मात्र अरु कारवाही अघि बढाउने चलन छ । तर आज प्रधानमन्त्री देउवा तोकिएको समय १ बजे संसद भवन नपुग्दा बैठक सुरु हुन ढिलाई भएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ७ : ५७ बजे