१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सुन तोलामा एक हजार रुपैयाँले बढ्यो



काठमाडौं, १३ भदौ । सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो ।
यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन महंगो भएकाले नेपालमा पनि भाउ बढेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  ६ : ४६ बजे