१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बैतडीको डिलासैनी गाउँपालिका जाँडरक्सी निषेधित क्षेत्र घोषणा



बैतडी, भदौ १४ । बैतडीको डिलासैनी गाउँपालिकालाई जाँडरक्सी निषेधित क्षेत्र घोषणा गरिएको छ । जाँडरक्सीले समाजमा समस्या बढेको भन्दै गाउँपालिकालाई जाँडरक्सी निषेधित क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष उपेन्द्र बोहराले जानकारी दिनुभयो ।
गाउँपालिकाका सबै वडामा जाँडरक्सी सेवन तथा बेचबिखनमा रोक लगाएर विशेष कार्यक्रम गरी जाँडरक्सी निषेधित क्षेत्र घोषणा गरिएको हो ।
गाउँपालिका भित्र अनुमति पत्र लिएर सञ्चालनमा अएका रक्सी पसल समेत असोज महिना भित्र बन्द गरिसक्नुपर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  ९ : ३० बजे