१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध १० ठाउँमा पहिरो



 

काठमाडौं, भदौ १५ । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । रातभर परेको पानीका कारण खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
मुग्लिन–नारायणगढ सडकखण्डको सेती दोभान, भोर्लेपुल, १७ किलो, चारकिलो, कालीखोला लगायत १० भन्दा धेरै ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

 

पहिरोले गर्दा जुगेडीबाट मुग्लिनतर्फ गाडी पास गराइएको छैन भने काठमाडौंबाट जाने गाडी पनि मुग्लिनमा नै रोकिएको छ । पहिरोले गर्दा रातको समयमा रोकिएका गाडी पनि चल्न सकेको छैन ।
यो सडकखण्डमा लामो जाम छ । धेरै ठाउँमा पहिरो खसेकाले बाटो खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम भइरहे पनि पानी परिरहेकाले कठिनाई भएको प्रहरीले जनाएको छ ।
यस्तै रातिको पानीले गर्दा झापालाई पूर्वी पहाडी जिल्लासँग जोड्ने मेची राजमार्ग पनि अवरुद्ध भएको छ । उज्यालो बाट साभार

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  ३ : ५३ बजे