१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

राजधानी काठमाडौंमा बाढीले बगायो, एकजनाको मृत्यु



काठमाडौं, १५ भदौ ।
बुधबार मध्यरातमा भएको वर्षाका कारण काठमाडौंका बागमती, विष्णुमती लगायतका नदी र खोलाहरुमा ठूलो बाढी आएको छ । बागमतीमा बाढीले बगाएर एकजनाको ज्यान गएको छ । बागमती नदी किनारमा बाढीले बगाएर ल्याएको एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार बिहान सवा ७ बजे भिएस निकेतन स्कूल तीनकुने नजिकै बागमती नदी किनारामा एक पुरुषको शव भेटिएको हो । अन्दाजी ३५र४० वर्षका पुरुषको शव भेटिएको र उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।
रातीको बाढीले काठमाडौंका नदी किनारका केही भाग डुबानमा परेका छन् । अहिले भने नदी र खोलामा बाढी कम भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  ५ : ०२ बजे