१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दुई ट्रकको ठक्करबाट रुपन्देहीमा एक जनाको मृत्यु



लक्ष्मण पोखरेल बुटवल, १५ भदौ ।
बुटवलको मिलनचोकमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेको बा ४३ प ६३८४ नम्बरको मोटरसाइकललाई पछाडीबाट आएका दुई ट्रकले पालैपालो ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
राजमार्ग चौराहबाट बसपार्क तर्फ जांदै गरेको लु. ६ ख ९८७२ नं. को ट्रकले पहिलो पटक ठक्कर दिएपछि ःज् ०४ भ्द्य ५३७६ नंं को भारतिय ट्रकले पुनः मोटरसाईकललाई किचेको थियो ।
मृतक पाल्पा तानसेन–७ का २७ वर्षिया रुक बहादुर थापा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अगाडी रहेको मोटरसाइकल ट्रकको तल्लो भागमा च्यापिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  ७ : ४२ बजे