१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

सिलवालको मुद्दामा अन्तिम सुनुवाई हुदै



काठमाडौं, १५ भदौ ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालको मुद्दामा विहीबार अन्तिम सुनुवाई हुने भएको छ ।
आफूभन्दा कनिष्ठ (प्रकाश अर्याल)को आईजीपी नियुक्त खारेजी तथा वरियताका आधारमा आफूलाई आईजीपी बनाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका सिलवालको मुद्दामा बृहत पूर्ण इजलासमा आज अन्तिम सुनुवाई तोकिएको हो ।
बृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी छन् ।
बृहत पूर्ण इजलासमा अन्तिम सुनुवाई सकिएपछि सम्भवतः आजै फैसला आउनसक्ने कानूनविद्हरु बताउँछन् ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  ९ : ०७ बजे