१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बिद्युत महसुल बुझाउन घण्टौ लाईनमा !



धनराज कटेल, कैलाली, १५ भाद्र ।
नेपाल बिद्युत प्राधिकरण टिकापुर बितरण केन्द्र अन्तरर्गतका ग्राहकले बिद्युत महसुल बुझाउन घण्टौ सम्म लाईनमा बस्नु परेको छ । ग्राहक अनुसार बितरण केन्द्रले महशुल काउन्टर नथप्दा ग्राहकहरूलाई महसुल बुझाउनको लागी ३–४ घण्टा सम्म कुर्नुपर्ने बाध्यता रहेको छ । कर्मचारीले १ जनाको विल बुझ्न लामो समय लगाउने र ट्रवाइलेट जान भन्दै कर्मचारी लामो समय सम्म बाहिर बस्ने गरेको जोशिपुरबाट विद्युत महसुल तिर्न आएका बच्छुलाल चौधरीले बताए ।
सरकारले सिहँ दरवारको अधिकार गाऊ गाऊमा पु¥याको भन्ने नार लगाएपनि आफुहरु भने विद्युत महसुल तिर्न घन्टौ लाइनमा बस्नुपनेको धनसिहँपुरका नरेश चौधरीले बताए । स्मार्ट स्टीको परियोजना टीकापुर अगाडी बढिरहेको सरकारवाले बताइरहदा विद्युत महसुल तिर्न सेवाग्रहीले दिनभर लाइनमा बस्नुपर्ने बाध्यता छ । प्राधिकरणका कर्मचारीले चिनचान र नजिकका मान्छेका भने लाइन नलागेरै महसुल बुझ्ने गरको नगारणपुरकी भगवती चौधरीले बताइन् ।

यता विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्रका निमित प्रमुख लेखराज अधिकारीले भने कर्मचारीले अभावका कारण सेवाग्रहीले लामो समय लाइनमा बस्नु पनेको तर्फ गर्छन् । उनले भने“ काउन्टर थप्ने भनेको हो, कर्मचारी अभावमा थप्न गर्न सकिएको छैन् ग्रहाकको मागलाई मध्यनजर गरी भजनीमा हप्तामा दुई दिन र जोसीपुरमा एक दिन मोवाईल काउन्टर संचालन गरिएको छ ” ।

भजनी र जोसीपरका छुटेका र समयमै महसुल नभुझायका ग्राहकले टीकापुर वितरण केन्द्र मै आउने र सार्वजनिक विदा परेको भोलिपल्ट भिड हुने स्विकार गरे । नेपाल बिद्युत प्राधिकरण टिकापुर बितरण केन्द्र अन्तर्रगत साबिकका भजनी, जोसीपुर, दुर्गौली, धनसीहंपुर, नारायणपुर, टिकापुर र लम्की क्षेत्रका २७ अजार आठ सय ५७ ग्राहक रहेका छन् ।

त्यस मध्ये ५ हजार पाँच सय लम्की क्षेत्रका सेवा ग्रहीले टीकापुर वितरण केन्द्रमा विद्युत महसुल तिर्ने गरेका छन् । यता बेला विद्युत प्राधिकारणको कार्यलय टीकापुरमा दैनीक ५ सय जनाको हाराहरीमा ग्राहक विद्युतको विल भुक्तानि गर्न आउने गरेको टीकापुर वितरण केन्द्रले जनाएको छ । तर नेपाल विद्युत प्राधिकरणरणका कर्मचारीको ढिला सुस्तिका कारण ५०० ग्राहकले महसुल बुझाउन भने ३–४ घण्टा लाइनमा बस्नुपर्ने बाध्यता छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  २ : ५४ बजे