७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मनसुन केही दिन सक्रिय हुने, पूर्वी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना 



काठमाडौं, भदौ १६ । 

मनसुन केही दिन अझै सक्रिय रहने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईका क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना छ । पूर्वी क्षेत्रका नदी तथा खोलामा बाढी आउने अनुमान छ ।

मौसमविद् समिर श्रेष्ठले मनसुन सक्रिय भएकाले अझै केही दिन देशभरको मौसम यस्तै रहने बताउनुभयो । मुख्य गरी अबको २४ घण्टामा चुरे र महाभारतबाट बहने खोलानालामा पानीको सतह बढ्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

कोसी, गण्डकी, काली र महाकालीमा पानीको बहाब बढे पनि खतरा भने नभएको शाखाले जनाएको छ । तर पूर्वको झापा देखि पश्चिमको कञ्चनपुरसम्मका कन्काई,कमला, बागमती, तिनाउ, पश्चिम राप्ती बबई, मोहना लगायत नदीमा बाढी आउन सक्ने सम्भावना हुँदा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  ८ : ३२ बजे