१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएन कतारको चुनाव आज



 

भदौ १६ । नयाँ कार्यसमिति चयनका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको चुनाव आज हुँदैछ । नेपाली दूतावास कतारको प्राङ्गणमा शुक्रबार बेलुकी ७ बजे सम्म मतदान प्रक्रिया चल्नेछ।
अध्यक्ष पदमा मोहम्मद मुक्तदा मुसलमान र नगेन्द्र प्रसाद पोखरेल ९नवीन० बिच प्रतिस्पर्धा हुँदैछ । प्रथम उपाध्यक्ष तेज कटुवाल, ठाकुर कुमार परियार र भेषराज पराजुली चुनावी प्रतिस्पर्धामा छन् । द्वितीय उपाध्यक्षका लागि शुदर्शन भट्ट र रामजी गिरीले तथा तृतीय उपाध्यक्षका लागि केशव ढकाल र देविका केसी ९गुरुङ०ले उम्मेदवारी दिएका छन् ।
महासचिवमा बुधबल गुरुङ र नबराज बिक बिच प्रतिस्पर्धा हुँदैछ भने दुई सचिवमा रामजी खत्री, माइला वाइवा, सोहेल अख्तर अन्सारी, युवराज शर्मा, दिलकुमार श्रेष्ठ र पदम गिरीबिच प्रतिस्पर्धा हुदै छ ।
कोषाध्यक्षमा उत्तम गुरुङ निर्बिरोध निर्वाचित हुनुभयो । सहकोषाध्यक्षमा खगबहादुर खत्री र उमेर आलम प्रतिस्पर्धामा हुनुहुन्छ । युवा संयोजकमा माया केसी निर्बिरोध निर्बाचित हुनुभएको छ ।
खुल्ला सदस्यका लागि १४ जना प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरु मध्ये ६ जना निर्वाचित हुनेछन् । अफसर अली, चन्द्रबहादुर थापा, चिरञ्जीवी तिम्सिना, जयराम बुढाथोकी, टंककुमार केसी, नसादल खान, प्रेमबहादुर चलाउने, फडिन्द्र पराजुली, विजयराज अधिकारी, बिनोदप्रसाद बसौला, विष्णुबहादुर कुँवर, रुद्रप्रसाद आचार्य, रेशमबहादुर बस्नेत र श्यामकुमार डाँगी खुल्ला सदस्यको प्रतिस्पर्धामा छन् ।
प्रदेश १ बाट अरुणकुमार केसी र खडानन्द बाँस्कोटा, प्रदेश नम्बर २ मा मोहम्मद कलाम हुसेन र राजकुमार मण्डल, प्रदेश नम्बर ३ मा भूमिराज कार्की र नारायण विष्ट प्रदेश नम्बर ४ मा घनश्याम जैसी र आशबहादुर गुरुङ, प्रदेश नम्बर ५ मा महफुज हुसेन र बुद्ध पाण्डेले उम्मेद्वारी दिएका छन् । प्रदेश नम्बर ६ मा वसन्त कुँवर र प्रदेश ७ मा नरेशप्रसाद जैसी निर्बिरोध निर्वाचित हुनुभयो ।
अन्तर्राष्ट्रिय समन्वय समिति ९आइसिसी० सदस्यको दुई पदका लागि हुने निर्वाचनमा कुमार कार्की, बिमल सुवेदी, केबी हमाल, प्रेमबहादुर विश्वकर्मा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । साभार उज्यालो

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  ८ : ४० बजे