१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पाँच नम्बर प्रदेशको राजधानी बुटवल मै हुन्छ : पौडेल



लक्ष्मण पोखरेल, बुटवल, १७ भदौ ।
नेकपा एमालेका उप–महासचिव विष्णुप्रसाद पौडेलले पूर्वाधार र सुगमताका हिसावले पांचनम्बर प्रदेशको राजधानी बुटवल हुने दाबि गरेका छन् । जसरी पनि प्रदेशको राजधानी बुटवलमा बनाएरै छाड्ने जिकिर गर्दै उनले प्रदेशको राजधानी बुटवलमा बनाउन नदिनका लागि भैरहेका चलखेलहरु पराजित हुने बताए ।
बुटवल उपमहानगरपालिकाको शुक्रबार वजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेशको राजधानी बुटवलमा पक्का हुने बताए । उनले पांचनम्बर प्रदेश टुक्राउन खोज्नेहरु पराजित भएजस्तै प्रदेशको राजधानी बुटवलमा हुन नदिनेहरु पनि पराजीत हुने दावी गरे । पूर्व अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलले प्रदेशको राजधानी बुटवलमा बनाउनका लागि आवश्यक परे संसद र सडकमा लड्ने बताए ।
प्रदेशको बहुमत संसदले पनि पाँचनम्बर प्रदेशको राजधानी बुटवलमै हुने दावी गरे । केही सरकारी प्रदेश कार्यालय दाङमा गएपनि बुटवलमा राजधानी हुनेमा शंका नगर्न उनले आग्रह गरे । ‘हामी बुटवलमै राजधानी बनाउन कसरतमा छौं, आवश्यक परे आन्दोलनमा उत्रिन तपाईहरु तयार हुनुस, उनले भने ।
फरक प्रसंगमा उनले राष्ट्यि गौरवका आयोजनाहरुले गतिलिन नसकेकाले जनस्तरबाट अनुगमन हुन आवश्यक रहेको उल्लेख गरे । बुटवल बेलहिया ६ लेन सडक र भैरहवा विमानस्थलको कामले गतिलिन नसकेको बताए । छ लेन सडक सम्पन्न गर्नमा पनि ढिलाई भएको र गुणस्तरीय पनि बन्न नसकेको उल्लेख गर्र्दै नेता पौडेलले भैरहवा विमानस्थलको कामले गतिलिन नसकेकोप्रति चिन्ता गरे । उनले समयमा र गुणस्तरीय काम गर्न आग्रह गर्दै नसक्ने भए छोडेर जानसमेत चुनौती दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  १ : ३४ बजे