४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

गुल्मिमा निर्वाचन क्षेत्र निर्धारण प्रति दलहरुको असन्तुष्टि



शिवलाल सुवेदी, गुल्मी १७ भदौ ।
सरकारलाई निर्वाचन क्षेत्र निर्धारण समितीले बुझाएको प्रतिवेदन प्रति गुल्मी जिल्लामा बिभिन्न राजनीतीक दलहरुले असन्तुष्टि ब्यक्त गरेका छन । गुल्मी जिल्लाका केही स्थानीय तहलाई विभाजन गरेको प्रति जिल्लाका केही राजनितीक दलहरुले असन्तुष्टि जनाएका हुन ।

रेसुङ्गा नगरपालिकालाई र रुरु गाउँपालिकालाई विभाजन गरिएको प्रति यहाँका प्रमुख राजनितीक दलहरुले असन्तुष्टि जनाएका छन ।

उनीहरुले रेसुङ्गा नगरपालिका र रुरु गाउँपालिकालाई एकै क्षेत्रमा समावेश गर्नुपर्ने धारणा ब्यक्त समेत गरेका छन । निर्वाचन क्षेत्र निर्धारण समितीले सरकारलाई बुझाएको प्रतिवेदनमा रेसुङ्गा नगरपालिका र रुरु गाउँपालिकालाई प्रतिनिधी सभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा बिभाजन गरेको छ ।

जिल्लाका प्रमुख राजनितीक दलहरुले बिशेषत रेसुङ्गा नगरपालिकालाई विभाजन गरिएकोमा उनीहरुले आपत्ती जनाएका छन । रेसुङ्गा नगरपालिका विभाजन गरिएकोप्रति नेपाली काग्रेस गुल्मीको आपत्ती रहेको नेपाली काग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बताउनु भयो ।

यता नेकपा एमाले जिल्ला सचिवाल सदस्य तथा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले पनि रेसुङ्गा नगरपालिका विभाजन हुन नहुने बताउनु भयो । राजनितीक तथा मतदाताको हिसाव किताव गरेर निर्वाचन क्षेत्र निर्धारण गरेको उहाको आरोप रहेको छ ।

यता माओवादी केन्द्रका नेता बुद्धि जीसीले भने निर्वाचन क्षेत्र निर्धारण समितीले गहन अध्ययन गरेर क्षेत्र निर्धारण गरेकाले आफुहरुले आयोगको प्रतिवेदन स्विकार्ने बताउनु भयो ।

क्षेत्र निधारण आयोगले सरकालाई बुझाएको प्रतिवेदन अनुसार गुल्मी जिल्लालाई २ प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ४ प्रदेश निर्वाचन क्षेत्र रहने गरि विभाजन भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  १ : ३८ बजे