१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बेल्जियम विश्वकपमा छनौट हुने छैटौं देश



१९ भदौ ।
बेल्जियम विश्वकप फुटबल २०१८ का लागि छनौट भएको छ । रुसमा आउँदो वर्ष हुने विश्वकपका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको खेलमा ग्रिसलाई २–१ हराउँदै बेल्जियमको विश्वकपमा स्थान बनाउन सफल भएको हो । बेल्जियमको जितमा ज्यान भेर्टोनग्हेन ७० र रामेलु लुकाकुले ७४ औं मिनेटमा गोल गरे ।
ग्रिसका लागि गोन्काल्भस रोड्रिग्वेजले ७३ औं मिनेटमा एक गोल फर्काए । जितसँगै समूह ‘एच’ मा रहेको बेल्जियम दुई खेल बाँकी हुँदै विश्वकपमा छनौट हुन सफल भयो । आयोजक रुस बाहेक युरोपबाट छनौट हुने बेल्जियम पहिलो देश बनेको छ । अहिलेसम्म बेल्जियमसहित ६ देशले विश्वकपमा स्थान सुरक्षित गरेका छन् ।
यसअघि मेक्सिको, जापान, इरान, ब्राजिल र रुसले विश्वकपमा स्थान बनाइसकेका छन् । युरोपियन क्षेत्रको छनौटमा समूह ‘एच’ अन्तर्गत राति नै भएको खेलमा जिब्रालटारलाई ४–० ले हराएको बोसनिया हर्जगोविना १४ अंकसहित दोस्रो स्थानमा छ । बेल्जियमको २२ अंक छ । यस्तै अर्को खेलमा इस्टोनियाले साइप्रसलाई १–० ले हरायो ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  २ : २२ बजे