१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रदेश २ मा राजपाले ९० सिट जित्छ-महासचिव झा



काठमाण्डौं, २० भदौ ।
राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले प्रदेश २ को चुनावमा आफ्नो पार्टीले ९० सिट जित्ने दाबी गर्नुभएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा झाले पार्टीले लगभग सबै उम्मेदवारको टुंगो लगाएको समेत जानकारी दिनु भयो ।

उहाले ‘हाम्रो प्रारम्भिक तयारी र आंकलन ९० सिट जित्ने हो, त्यहीअनुसार तयारी भइरहेको छ ।’स्थानीय चुनावमा कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग ४र५ ठाउँमा तालमेल हुने समेत स्पष्ट पार्नुभयो । ‘केही ठाउँमा माओवादी केन्द्रसँग पनि तालमेल हुन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल हुनै नसक्ने भन्ने नभएको बताउनु भयो । उहाले थप्नुभयो, ‘एमालेसँग वर्जित छैन तर, अहिलेसम्म तालमेलको संकेत भने देखिएको छैन, उहाले भन्नु भयो ।

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  १० : ५४ बजे