८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मधेसमा पनि कांग्रेस, माओबादी संग एमाले एकल भिड्दै, आज उम्मेदवारी दर्ता



काठमाडौं, २१ भदौ ।
प्रदेश नम्बर २ का १३६ स्थानीय तहको चुनावका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्तामा उत्साहपूर्वक रुपमा सहभागी हुन निर्वाचन आयोगले दल, उम्मेदवार र मतदातालाई आग्रह गरेको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
दलहरुले प्रायः सबै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । यसअघि भएको दुईवटा चुनावमा जस्तै यसपटक पनि सत्तारुढ कांग्रेस र माओवादीबिच तालमेल हुने भएको छ । बुधबार मनोनयन दर्ता गर्नुअघि नै केही तहमा तालमेलको निर्णय हुने दुवै पार्टीले जनाएका छन् । राति अबेरसम्म पनि बैठक चलिरहेको र अहिले बिहान अन्तिम कसरत गरेर टुंगो लगाइने उनीहरुले बताएका छन् ।
नेकपा एमाले भने एक्लै चुनाव लड्ने भएको छ । चुनावमा एमालेलाई हराउन कांग्रेस र माओवादीको गठबन्धनमा विदेशी शक्ति पनि सामेल भएको एमालेको आरोपछ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : ३८ बजे