७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

उत्कृष्ट कार्य गर्नेलाई वाणगंगा नगरपालिकाको सम्मान र पुरस्कार



कपिलबस्तु, २२ भाद्र ।
गत सोमबार बाणगंगा नगरपालिकाको नगरसभाबाट विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरियो । नगरपालिकालाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा योगदान गर्ने र समाजमा रहि कुशुल कार्यगर्ने सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

नगरपालिकाबाट प्राप्त गरेको सम्मानले आगामी दिनमा हौसला र उर्जा बढ्नुका साथै काम प्रति थप जिम्मेबार बन्न सहयोग पुगेको सम्मानित तथा पुरस्कृत हुनेहरुको अनुभब छ ।

आर्थिक बर्ष ०७३÷०७४ मा सबै भन्दा बढि कर तिर्ने करदाता तर्फ ब्यबसायि फर्शुराम पन्थ पाच हजार बराबरको पुरस्कार राशी, प्रमाणपत्र र दोसल्ला सहित सम्मानित हुनुभएको छ ।

त्यसैगरी उत्कृष्ठ कर्मचारी तर्फ बाणगँगा नगरपालिका वडा न ३ र ४ का वडा सचिब दुर्गा देबि शर्मा १० हजार बराबरको पुरस्कार राशी, प्रमाणपत्र र दोसल्ला सहित सम्मानित हुनुभएको छ ।
त्यस्तै यस क्षेत्रमा रहि पत्रकारिता मार्फत महत्वपूर्ण योगदान पु¥याए वापत जिल्लाका अग्रज पत्रकार लक्ष्मण बेल्बासे १० हजार बराबरको पुरस्कार राशी, प्रमाणपत्र र दोसल्ला सहित सम्मानित हुनुभएको थियो । पत्रकार बेल्वासे कपिलवस्तु सञ्चार सहकारी संस्था लिमिटेडको बोर्ड सदस्य पनि हुनुहुुन्छ ।

नगरपालिकाको यो कार्यलाई सराहनिय मान्नुपर्छ । तर बेलाबखतमा उत्कृष्ठ कार्य गरे बापत भन्दा पनि पहुँच, र भनसुनका आधारमा सम्मान र पुरस्कृत भएका समाचारहरु पनि सुन्नमा आउछन ।

तसर्थ सम्मान तथा पुरस्कृत गर्ने जुनसुकै संस्थाले उत्कृष्ठ कार्य सम्पादन गर्ने बिभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वलाई छनौट गरे समाजमा सम्मान र पुरस्कृत प्रति भ्रम पैदा हुने थिएन । तर बाणगगां नगरपालिकाकाले गरेको सम्मानलाई सबै क्षेत्रबाट सकारात्मक प्रतिकृया प्राप्त भएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  २ : ३८ बजे