१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भारतद्धारा श्रीलंका पराजीत, कप्तान विराट बने नायक



२२ भदौ ।
श्रीलंकासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोलमा बुधबार बेलुका भएको खेलमा भारतले श्रीलंकालाई सात विकेटले हराएको छ । भारतले एक सय ७१ रनको लक्ष्य चार बल बाँकी हुँदा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । भारतको जितम कप्तान विराट कोहली नायक बने । उनले ५४ बलमा सात चौका र एक छक्काको मद्दतमा ८२ रन बनाए ।

यस्तै मनीष पाण्डेले ३६ बलमा नटआउ ५१ रन बनाए भने केएल रहुलले १८ बलमा २४ रनको योगदान दिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेटको क्षतिमा एक सय ७० रन बनायो ।

उसका लागि दिलशान मुनावीराले ५३ तथा अशन प्रियाञ्जनले ४० रनको योगदान दिए । भारतक युजवेन्द्र चहलले तीन तथा कुलदीप यादवले दुई विकेट लिए । खेलको म्यान अफ दि म्याच भारतीय कप्तान कोहली बने ।

 

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  २ : ५३ बजे