१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा दोश्रो डिवाईसि कप प्रतियोगीता शुरु, १६ टिम सहभागी



हरि अधिकारी, कपिलवतु, २३ भाद्र ।
कपिलवस्तुमा सर्वाधिक धनराशीको दोश्रो कपिलवस्तु डिवाईसि कपको सम्पूर्ण तयारी पुरा भएको छ । क्लवले वाणगंगा नगरपालिका २ राजपुरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सम्पूर्ण तयारी पुरा भएको क्लवका अध्यक्ष पदम रेग्मीले जानकारी दिनुभयो ।
आज देखि फुटबल प्रतियोगिताको उद्घाटन हुने आश्विन ५ गते समापन हुने आयोजकले जनाएको छ । लुम्बिनी अंचल स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता २०७४ का सम्पूर्ण खेल राष्ट्रिय रेफ्रीद्धारा खेलाइने भएको छ ।
“देशको सर्वाङ्गिण विकास, दर्पण युवा क्लवको प्रयास” भन्ने लक्ष्यका साथ दर्पण युवा क्लवले खेलको माध्यमबाट आफनो ठाउको पहिचान र खेलकुद क्षेत्रका विकासमा जोड दिने बताएको छ ।
युवाहरुलाई खेलक्षेत्रमा संलग्न गराउदै अनुशासित र स्थानीय प्रतिभाको उजागर गर्ने कार्यमा टेवा पुग्ने क्लवका अध्यक्ष पदम रेग्मीले बताउनुभयो ।
रुपन्देही, नवलपरासी, अर्घाखाँची र कपिलवस्तुका १६ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागी रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता भर खेलका १७ वटा नियम र केही परिमार्जित नियमले डिवाईसि कप मर्यादित हुने रेफ्रीले जनाएका छन् ।
वाणगंगा २ राजपुरको खेलमैदानमा शुक्रबार देखि संचालन हुने दोश्रो कपिलवस्तु डिवाईसि कपको प्रथम र द्धितीय उपाधी क्रमश १ लाख र ५० हजार रहेको छ ।
प्रतियोगितामा म्यान अफ दी म्याच, वेस्ट प्लेयर अवार्ड लगाएत शिल्ड, मेडल र प्रमाण पत्र रहेको छ बताइएको छ ।
प्रथम पुरस्कार मनकामना सामुदायिक बन उपभोक्ता समूह, वाणगंगा नगरपालिका र द्धितीय पुरस्कार आइ एम इ मनी ट्रान्सफर (कमल क्षेत्री)ले सहयोग गर्नुभएको छ ।
कार्यक्रम क्लवका अध्यक्ष रेग्मीको अध्यक्षता, संचालन बरिष्ठ उपाध्यक्ष कुमार थापाको संचालनमा भएको कार्यक्रममा संयोजक हरि भण्डारी, मनकामना सामुदायिक बनका अध्यक्ष अमित पौडेल, कोषाध्यक्ष पुष्कर घिमिरे, राष्ट्रिय रेफ्री विष्णु प्रसाद पौडेल, अम्मर पुन लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ४१ बजे