१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बुटवल पाँचौ पटक उत्कृष्ट नगर, कपिलवस्तु नगरपालिका चौथो समुहमा



बुटवल, २३ भाद्र ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका लगातार पाचौं पटक उत्कृष्ट नगर भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मुल्यांकनको आधारमा बुटवल उपमाहनगरपालिका उत्कृष्ट बनेको हो ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको नतिजामा बुटवल सहित घोराही उपमहानगर पालिका प्रथम भएका छन् । बुटवल उपमानगरपालिका पाचौ पटक उत्कृष्ठ नगर भएको हो भने घोराही नगरपालिकले पनि यस पटक उत्कृष्ठ नगरपालिका बनेको हो । ९१ अंक का साथ बुटवल र घोराही नगरपालिका उत्कृष्ट भएका छन् ।
बुधवार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार धनकुटा र हेटौडा नगरपालिका ९० अंकका साथ दोस्रो र कमलामाई नगरपालिका ८७ अंक सहित तेस्रो भएको छ ।
जिल्ला समन्वय समिति तर्फ दैलेख जिल्ला प्रथम भएको छने प्युठान जिल्ला दोस्रो र बाँके जिल्ला तेस्रो भएको छ । कार्यसम्पादनमा लुम्बिनीका गुल्मी र अर्घाखाची पहिलो समूहमा छन् भने रुपन्देही र पाल्पा दोस्रो समूहमा परेका छन् ।
कपिलवस्तु तेस्रो समूहमा परेको छ भने नवलपरासी न्युनतम अंक समेत प्राप्त नगर्ने जिल्लामा परेको छ ।
नगरपालिकामध्ये पहिलो समूहमा सिद्धार्थनगर र रामग्राम रहेका छन् । तानसेन दोस्रो र कपिलवस्तु चौथो समूहमा परेका छन् । नयाँ नगरपालिका मध्ये कावासोती, वर्दघाट, सुनवल कार्यसम्पादनमा पनि सफल भएका छन् ।
त्यस्तै देवचुली, सैनामैना, देवदह र लुम्बिनी सांस्कृति भने न्युनतम सर्त मापनमा मात्रै सफल भएका छन् । १ सय २२ नया नगरपालिका असफल भएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ४८ बजे