१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

डि वाई सी कप फुटबलमा आज नवलपरासी र रुपन्देही भिड्ने



सरीता थारु, कपिलवस्तु, २४ भाद्र ।
कपिलवस्तुमा सर्वाधिक धनराशीको दोश्रो कपिलवस्तु डि वाई सी कप फुटबल प्रतियोगिता अन्र्तरगत शनिबार एक खेल हुने भएको छ ।
शनिबार भैरव स्पोटिंग नवलपरासी र फार्साटिकर युवा क्लब रुपन्देही विच दिउँसो ३ बजे खेल हुने आयोजकले जनाएको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा आयोजक दर्पण युवा क्लब र सृर्जना युवा क्लब सितगंगा अर्घखांची विच प्रतिस्प्रर्धा भएको थियो । जसमा आयोजक दपर्ण युवा क्लब २ ÷ ० गोल अन्तरले विजयी भएको छ ।
शुक्रबार देखि सुरु भएको फुटबल प्रतियोगिता आश्विन ५ गते समापन हुने आयोजकले जनाएको छ । रुपन्देही, नवलपरासी, अर्घाखाँची र कपिलवस्तुका १६ वटा टिमको सहभागीता रहेको छ ।
प्रथम र द्धितीय उपाधी क्रमश १ लाख र ५० हजार रहेको छ । प्रतियोगितामा म्यान अफ दी म्याच, वेस्ट प्लेयर अवार्ड लगाएत शिल्ड, मेडल र प्रमाण पत्र रहेको बताइएको छ ।
प्रथम पुरस्कार मनकामना सामुदायिक बन उपभोक्ता समूह, वाणगंगा नगरपालिका र द्धितीय पुरस्कार आइ एम इ मनी ट्रान्सफर जीतपुरले सहयोग गर्ने भएको छ ।
शुक्रबार प्रतियोगिता उ्दघाटन गर्दै बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगरपालिकाले खेल क्षेत्रको विकासको लागि बजेट विनियोजन गरेको बताउनुभयो । युवाहरुलाई खेलक्षेत्रमा संलग्न गराउदै अनुशासित र स्थानीय प्रतिभाको उजागर गर्ने कार्यमा नगरपालिका लागी पर्ने उहाको जिकिर थियो ।
कार्यक्रममा विशिष्ट अथिती उपमेयर चक्र अर्यालले जिल्लामै सबै भन्दा ठुलो धनरासीको यो प्रतियोगिता नमुनाको रुपमा हेरिएको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष पदम रेग्मीले “देशको सर्वाङ्गिण विकास, दर्पण युवा क्लवको प्रयास” भन्ने लक्ष्यका साथ दर्पण युवा क्लवले खेलको माध्यमबाट आफनो ठाउको पहिचान र खेलकुद क्षेत्रको विकासको लागि प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा इलाका प्रशासन कर्यालय जितपुरका प्रमुख विष्णु घर्ति, कमल क्षेत्री, विष्णु पौडेल , वडा नं. १ की वडा अध्यक्ष बाल कुमारी बन्त, बुद्धआवाज संचार गृहका व्यवस्थापक भेषराज पाण्डे लगायतले बोल्नु भएको थियो ।
उद्घाटन समारोह सह सचिव सन्तोष घिमिरेको स्वागत मन्तव्य तथा उपाध्यक्ष कुमार थापाको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७४ शनिबार ००:००  २ : ०२ बजे