८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जनताको सेवामा जोड मेयर थारुको जोड



जितपुर (कपिलवस्तु), २५ भाद्र ।
कपिलवस्तुको बाणगंगगाका मेयर मगंल प्रसाद थारुले जनताको सेवालाई आफुले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ ।

बाणगंगामा रहेको मनकामना सामुदायिक बन नन्दनगरमा सामुदायिक बनले आयोजना गरेको कार्यक्रममा मेयर थारुले यहाँका सर्वसाधारण जनतालाई सरकारी सेवा सुबिधाको पहुचमा सजिलै पु¥याउने चाहना रहेको बताउनु भएको हो ।

यस्तै कार्यक्रममा उपमेयर चक्र अर्यालले नगरको विकासमा सबै एकजुट हुन पर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा वडा नः १ की अध्यक्ष बालकुमारी अधिकारी, वडा नः २ का अध्यक्ष बिष्णु पौडेल, समाजसेवि कृष्ण गुरुङ, बनका अध्यक्ष अमित पौडेल, सचिव मधु अर्याल, कोषाध्यक्ष पुष्कर घिमिरे लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  १ : ५८ बजे