१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रुपन्देहीका क्रिकेट खेलाडी पहिलो पटक किनबेच



लक्ष्मण पोखरेल बुटवल, २५ भदौं ।
रुपन्देहीमा पहिलो पटक क्रिकेट खेलाडीलाई पैसा तिरेर क्लवमा अनुबन्धन गरिएको छ । जिल्लाको तिलोत्तमा हुने पहिलो तिलोत्तमा प्रिमियर क्रिकेट लिगका लागि खेलाडी किनबेच (प्लेअर अक्सन) गरिएको हो ।
प्रतियोगितामा सहभागि ८ टीमले रुपन्देहीमा रहेका २ सय ८० खेलाडीबाट मुल्य बराबरमा १ सय १२ जना खेलाडीलाई अनुबन्धन गरेका छन् ।
रुपन्देहीमा भएको प्लेयर अक्सन कार्यक्रम नेपालमा भने चौथो हो । धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखराको माछापुच्छ्र्रे लिगमा खेलाडी अक्सन गरिएको छ । तिलोत्तमा लिगका लागि खेलाडीको बर्गिकरण अनुसार पारिश्रमिक तोकिएको थियो । प्रति खेलाडी ३ हजारदेखि १५ हजार पारिश्रमिक निर्धारण गरे बढाबढ गरिएको थियो ।
खेलाडीलाई पारिश्रमिक दिएर क्लवमा अनुबन्धन गर्दा खेलाडीमा उत्साह थपिने जिल्ला क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताउनुभयो ।
रुपन्देहीमा खेलाडीलाई पारिश्रमिक तोकेर क्लवले खरिद गरेको पहिलो पटक हो । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा असोज २२ गतेदेखि हुने लिगमा सहभागी जनाउने टिमले खेलाडीलाई बढाबढमा खरिद गरेका छन् ।
क्याम्प्टेनका लागि १५ हजार पारिश्रमिक तोकिएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीलाई ५ हजारदेखि १० हजारसम्म पारिश्रमिक तोकिएको छ । स्कुल तहका खेलाडीका लागि तीन हजार पारिश्रमिक राखिएको छ ।
क्रिकेटको उर्वरभूमि रहेको रुपन्देहीमा खेलिरहेका खेलाडीको थप हौसालाका लागि अक्सनमा आधारित लिगको आयोजना गरिएको खेल संयोजक दीपक भूर्तेलले बताउनु भयो ।
लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  २ : ०७ बजे