१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पत्रकारीता पेशा मर्यादित हुनु पर्नेमा एमाले अध्यक्षको जोड



पार्वती पाण्डे, कपिलवस्तु, २६ भदौ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पत्रकारीता पेशा मर्यादित हुनु पर्नेमा जोड दिनु भएको छ । सोमबार प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको वैठकलाई संवोधन गर्दै यस्तो बताउनु भएको हो ।
राज्यको चौथो अंग भएकोले सोहि अनुसार आचार संहितामा रहेर जिम्मेवार तवरले सवालहरु जनसमक्ष पस्किन अध्यक्ष पोख्रेलले आग्रह गर्नुभयो ।
सञ्चार आवाज विहिनको आवाज रहेकोले पिडकलाई कारवाहि र पिडितलाई न्याय हुने तवरले समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । विशेष गरेर जिल्लाका विकास निमार्ण गतिविधिहरुलाई खोजमुलक तवरले विभिन्न सञ्चार माध्यमले प्रसारण एवं प्रकाशन गर्नु पर्ने औल्याउनुभयो ।
असल पत्रकारहरुका कलमले नै जिल्लाको समग्र विकास हुने र शुसासन हुने भएकोले सोहि अनुसार निष्पक्ष तवरले कमल चलाउन उपस्थित सबै पत्रकारहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पार्वती पाण्डेले पत्रकारीताको गरीमालाई बचाएर मात्र समाचार प्रसारण एवं प्रकाशन गर्नु पर्ने तर्क राख्नु भयो । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका पछिको राज्यको चौथो अंग भएकोले पत्रकारीताको आचार संहितामा रहेर काम गर्नु पर्ने उहाँले औल्याउनु भयो ।
संविधान कार्यान्यवन गर्न, लोकतन्त्रलाई संस्थागत गर्न र देश सम्वृद्धिका लागि पत्रकारहरुको अहम भुमिका हुने समेत उहाँले जनाउनु भयो ।
कार्यक्रममा प्रचार विभाग प्रमुख एल्पी बेल्बासेले पत्रकारहरुले समाचारका लागि समाचार होइन, शिक्षा, ज्ञान र सुचना जनसमक्ष पस्किनु पर्ने तर्क गर्नु भयो ।
चौतारीका जिल्ला अध्यक्ष हरि अधिकारीको अध्यक्षता ,सचिव वावुराम रायमाझीको संचालनमा भएको कार्यक्रममा पुर्व केन्द्रीय सदस्य विकास बन्जाडे , पुर्व अध्यक्षहरु भेषराज पाण्डे , नन्दराम पौडेल लगायतले बोल्नु भएको थियो ।
आज बसेको जिल्लाको वैठकले प्रेस चौतारी जिल्ला शाखाको अधिवेशनको अवधि सकिएकोले दशै पछि र तिहार अगाडि अधिवेशन गर्ने निर्णय गरेको छ । जसका लागि जिल्ला समिति विघटन गरि हरि अधिकारीको संयोजकत्वमा ११ सदस्यिय आयोजक समिति गठन गरिएको सदस्य दिपक अनुरागीले जानकारी दिनुभयो ।
साथै वैठकले यहि आउँदो असोज ७ गते मोर्चाले राखेको शुभकामना तथा प्रशिक्षण कार्यक्रममा प्रेश चौतारी सहभागी हुने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  १ : ३८ बजे