७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दोश्रो डिवाइसी कप फुटबलमा सोमबार दुई खेल हुने



दिपा महत, कपिलवस्तु, २६ भाद्र ।
कपिलवस्तुमा सुरु भएको सर्वाधिक धनराशीको दोश्रो कपिलवस्तु डि वाई सी कप फुटबल प्रतियोगिता सोमबार पनि जारी हुनेछ ।

जस अन्तरगत सोमबार पहिलो खेल दिउसो २ बजे नौलो विहानी युवा क्लव पिपरा र युनाईटेट कपिलवस्तु बिच हुने छ । दोस्रो खेल न्यू सृजना रुपन्देही र वाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाईटी विच ४ बजे हुने आयोजक समितिका कुमार थापाले जानकारी दिनुभयो ।

यसैगरि आइतबार २ वटा खेल सम्पन्न भएका छन् । पहिलो सरगरमाथा युवाक्लव उप्टहवा र लिंकन युवा क्लव भलवाड विच भएको थियो । जसमा लिंकन युवा क्लव भलवाड २ ÷१ ले विजयी भएको छ ।

यसैगरी दोस्रो खेल एकता युवा क्लव रुपन्देही र सुनौलो संगम युवा क्लव रुपन्देही बिच भएको थियो । जसमा सुनौलो संगम युवा क्लव रुपन्देही २ ÷१ ले विजयी भएको छ ।

आइतबार भएको पहिलो खेलमा दिनेश बुढाथोकी र दोस्रो खेलमा कमल तरवुजा मगर म्यान अफ दि म्याच हुन सफल हुनु भएको छ ।

फुटबल प्रतियोगिता असोज ५ गते सम्म चल्ने छ । रुपन्देही, नवलपरासी, अर्घाखाँची र कपिलवस्तुका १६ वटा टिमको सहभागीता रहेको छ । प्रथम र द्धितीय उपाधी क्रमश १ लाख र ५० हजार रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  १ : ४६ बजे