१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तानसेनमा कांग्रेसद्वारा नगरसभा बहिस्कार



पाल्पा, २७ भाद्र ।
तानसेन नगरपालिकाको प्रथम नगर सभा नेपाली कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । उनीहरुले मेयर अशोककुमार शाहीले एकलौटी ढंगले नगर सभा संचालन गरेको आरोप लगाएका छन् । साथै जनप्रतिनिधिसँग कुनै सल्लाह नै नगरी एकलौटी ढंगले र मुलुक संघीय संरचना अनुसार चले पनि पुरानै पद्धतिबाट गराइएकोमा उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।
वडा अध्यक्षहरु बरुणप्रसाद रेग्मी, राजेन्द्रमुनी शाक्य, सागरमान महर्जन, मुक्तिराम जीसी (माधव) ले प्रेस विज्ञप्ति जारी गरेर नयाँ प्रणाली र नियमावली अनुसार नगर सभा संचालन गर्नका लागि पटक पटक आग्रह गर्दा पनि नमानी एकलौटी ढंगबाट पुरानै पद्धति अनुसरण गर्दै सहमति र सहकार्य्विना आफ्नै अनुकुल र राजनैतिक आस्थालाई प्राथमिकतामा राखेको बताएका छन् ।
साथै बजेट वितरण न्यायोचित ढंगबाट नगरेकाले ध्यानाकर्षण गराउनु परेको उनीहरुको विज्ञप्तिमा उल्लेख छ । लोकतन्त्रको मूल्य र मान्यता विपरित बहुमतको नाममा फरक राजनैतिक विचार बोक्नेलाई पेलेर गरिने कुनै पनि निर्णय मान्य नहुने सम्बन्धित सबैलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।
तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही र उपप्रमुख लक्ष्मी पाठक एमाले बाट विजयी हुनुभएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  १ : ४६ बजे