१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

डिवाईसी कप प्रतियोगीतामा आज दुई खेल, सोमबार युनाइटेड र वाणगंगा वेलफेयर विजयी



अबिनाश बेल्बासे, कपिलवस्तु, २७ भाद्र ।
कपिलवस्तुमा सर्वाधिक धनराशीको दोश्रो कपिलवस्तु डिवाईसी कपको चौथोे दिन सोमबार २ वटा खेल भएका छन् । पहिलो खेल अन्तर्रगत युनाईटेड क्लब कपिलबस्तु र नौलो बिहानी पिपरा बीच भएको खेलमा युनाईटेड युवा क्लब कपिलबस्तु ३÷१ गोल अन्तरले विजयी भएको छ ।
यसैगरि दोस्रो खेल अन्तरगत न्यु सिर्जना फुटबल क्लब रुपन्देही र बाणगँगा वेलफेयर सोसाईटी भिडेका थिए । जसमा बाणगंगा वेलफेयर सोसाईटीले १÷० गोल गर्दै न्यु सिर्जना फुटबल क्लब रुपन्देहीलाई हराएको छ ।
पहिलो खेलमा युनाईटेड क्लब कपिलबस्तुका बिक्रम थापा म्यान आफ दी म्याच घोषित गरीएको छ भने दोस्रो खेलमा म्यान आफ दी म्याच घोषणा गर्ने समयमा न्यु सिर्जना फुटबल क्लब रुपन्देही अनुपस्थीत भएकाले घोषणा नगरीएको आयोजकले बताएको छ ।
त्यसैगरी मङ्गलबार एक बजे देखी सुरु हुने पहिलो खेलमा शिबपुर फुटबल क्लब शिबपुर र नबबुद्ध युवा क्लब कपिलबस्तु बिच खेल हुने बताईएको छ । दोस्रो खेलमा मायादेबी फुटबल क्लब देबदह र मुहान युवा क्लब झुंगा बिच खेल हुने बताईएको छ ।
वाणगंगा नगरपालिका २ राजपुरमा संचालित लुम्बिनी अंचल स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ । युवाहरुलाई खेल क्षेत्रमा संलग्न गराउदै अनुशासित र युवाहरुको खेल प्रतिभाको उजागर गर्ने उद्देश्यले फुटवल प्रतियोगिता संचालन गरिएको क्लवका अध्यक्ष पदम रेग्मीले बताउनु भयो ।
उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागीता रहेको छ । दोश्रो कपिलवस्तु डिवाईसी कपको प्रथम र द्धितीय उपाधि क्रमश १ लाख र ५० हजार रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  १ : ५४ बजे