१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

डिवाईसी कपमा पहिलो चरणका खेल सकिए, विहिबार देखि क्वाटर फाइनलका खेल हुने



अबिनाश बेल्बासे, कपिलवस्तु २७ भदौ ।
कपिलवस्तुमा सर्वाधिक धनराशीको दोश्रो कपिलवस्तु डिवाईसी कपको चौथोे दिन मङ्गलबार २ वटा खेल भएका छन । पहिलो खेल अन्तरगत शिब शक्ती युवा क्लब शिबपुर कपिलबस्तु र नबबुद्ध युवा क्लब कपिलबस्तु बीच भएको खेलमा शिब शक्ती युवा क्लब शिबपुर कपिलबस्तुले ७÷० गोल अन्तरले विजयी भएको छ ।

दोश्रो खेल अन्तरगत मायादेबी फुटबल क्लब रुपन्देही देबदह र मुहान युवा क्लब झुगाँ बिच भएको खेलमा निर्धारित अन्तिममा दुबै तर्फबाट १—१ बराबरी गोल भएपछी ट्राईबेकरमा ४÷३ गोल गर्दै मुहान युवा क्लब झुँगा कपिलबस्तु बिजयी भएको छ ।

पहिलो खेलमा शिब शक्ती युवा क्लब शिबपुर कपिलबस्तुका शरु बी एम.लाई म्यान आफ दी म्याच घोषित गरीएको छ भने दोस्रो खेलमा मुहान युवा क्लब झुँगा कपिलबस्तुका दिपक राना म्यान आफ दी म्याच भएको आयोजकले बताएको छ ।

मङ्गलबार सम्पन्न यि २ खेल सँगै पहिलो चरणको खेल सकिएका छन । बुधबार कुनै पनि खेल नहुने आयोजकले बताएको छ । बिहिबार देखी क्वाटरफाईनल अन्र्तगतका खेल हुने बताईएको छ । पहिलो चरणमा दिनको २ खेल सम्पन्न भएका थिए भने क्वाटरफाईनलमा दिनमा १ मात्र खेल हुने आयोजकले बताएको छ ।

बिहिबार दिउँसो २ बजे देखी सुरु हुने क्वाटरफाईनलको अन्र्तगतको खेलमा दर्पण युवा क्लब र लिङ्कन युवा क्लब भलवाड कपिलबस्तु बिच खेल हुने बताईएको छ ।

वाणगंगा नगरपालिका २ राजपुरमा संचालित लुम्बिनी अंचल स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ । युवाहरुलाई खेल क्षेत्रमा संलग्न गराउदै अनुशासित र युवाहरुको खेल प्रतिभाको उजागर गर्ने उद्देश्यले फुटवल प्रतियोगिता संचालन गरिएको क्लवका अध्यक्ष पदम रेग्मीले बताउनु भयो

 

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  ३ : ४५ बजे