१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सुनवल नगरपालिकाको बजेट ७२ करोड



नवलपरासी, २८ भदौ ।
सुनवल नगरपालिकाको पहिलो नगर सभाबाट आर्थिक वर्ष २०७४÷७५ का लागि रु ७२ करोड ४७ लाख बराबरको बजेट प्रस्तुत गरिएको छ ।
नगर प्रमुख भीमबहादुर थापा भरतको अध्यक्षतामा मंगलबार नगरपालिकामा आयोजित नगरपरिषद्बाट नगरको चौतर्फी विकासलाई लक्षित गरी सो बजेट पारित गरिएको हो ।
आन्तरिक स्रोततर्फ रु पाँच करोड ९७ लाख ८० हजार र बाह्य स्रोततर्फ रु ६२ करोड ९५ लाख ९२ हजार बजेट प्रस्तुत गरिएको छ । आन्तरिक स्रोततर्फ एकीकृत सम्पत्ति करबाट रु तीन करोड र बाह्य स्रोततर्फ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फको रु ३९ करोड ४५ लाख ५० हजार, अन्य स्रोतबाट प्राप्त हुने रु २३ करोड ५० लाख ४२ हजार र बैंक मौज्दाततर्फ रु तीन करोड ५४ लाख बजेट अनुमान गरिएको छ ।
उक्त बजेटमध्ये चालु खर्चतर्फ रु १८ करोड २८ लाख २७ हजार सडक र पुललगायतका योजनाका लागि सङ्घीय सरकारसँग माग गर्ने प्रस्ताव गरिएको छ । सुनवल नगरको समग्र विकास, आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने उद्देश्य अनुसार चालु आवको बजेट तर्जुमा गरिएको नगर प्रमुख थापाले बताउनुभयो । रासस

प्रकाशित मिति : २८ भाद्र २०७४ बुधबार ००:००  ७ : ५८ बजे