७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१८ वर्षमुनिको नेपाली फुटबल टोली भुटान जाँदै



काठमाडौं, ३१ भदौ ।
अठार वर्षमुनिको साफ च्याम्पियसिप फुटबल खेल्न नेपाली टोली शनिबार भुटान जाँदैछ । भुटानमा असोज २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टाली शनिबार दिउँसो थिम्पु जान लागेको हो ।
नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसीले शुक्रबार विदाइ गर्नुभएको हो । प्रतियोगिताको लागि गएको जेठमा भएको १८ बर्षमुनिको ललित स्मृती प्रतियोगिताबाट खेलाडी छानिएको हो । श्रीलंकाले नखेल्ने भएपछि प्रतियोगिताको ढाँचा परिवर्तन गरेर सबै टोलीले एकअर्कासँग खेल्ने र अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्ने बनाइएको छ ।
नेपालले पहिलो खेल ४ गते भुटानसँग, ६ गते माल्दिभ्ससँग, ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्दैछ । सन् २०१५ बाट सुरु भएको प्रतियोगिताको पहिलो आयोजना गरेको नेपालले उपाधि पनि जितेको थियो ।
आफूहरुले डेढ महिनादेखि राम्रो तयारी र कडा मेहेनतका साथ अभ्यास गरेकाले उपाधी जित्ने प्रशिक्षक छिरिङ लोप्साङले बताएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७४ शनिबार ००:००  २ : १० बजे