७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संगठन मजवुद बनाइने



पार्वती पाण्डे, कपिलवस्तु २ असोज ।
नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कार्यसमिति कपिलवस्तुको वैठक आइतवार बसेको छ । वैठकको सम्बोधन गर्दै संगठनका केन्द्रिय सदस्य टोप वहादुर थापाले अब संगठनलाई संघिय सम्रचना अनुसार मजवुद बनाइदै लगिने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले संगठनले पार्टिको निति नियममा रहेर राम्रो काम गर्नु पर्नेमा जोड दिनु भयो । संगठनको राम्रो कामले नै पार्टिलाई माथि उठाउने उहाँले जिकिर गर्नुभयो ।
पार्टिका पांच नं प्रदेशका सदस्य वलराम अधिकारीले भुपु सैनिक संगठनको कामले जनताको मन जित्नु पर्ने जनाउनु भयो । संगठनले रचनात्मक कार्य गर्न समेत उहाँले आग्रह गर्नु भयो । संगठनका जिल्ला अध्यक्ष यमेन्द्र जंग रायमाझीको अध्यक्षता, सचिव अम्मर बहादुर गुरुङको संचालनमा भएको वैठकले पुरानो समितिलाई विघटन गरि नयाँ समिति बनाउने, जिल्लाका ६ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा नयाँ कमिटि निमार्ण गर्ने, असोज २१ गते शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको संगठनलाई उदृत गर्दै प्रचार विभाग सदस्य पार्वती पाण्डेले जानकारी दिनु भयो ।

 

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  १ : ३७ बजे