१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अष्ट्रेलिया विरुद्ध भारतको २६ रनको जीत



२ असोज ।
अष्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत २६ रनले विजयी भएको छ । पानी परेपछि डकवर्थ लुइस पद्दती अनुसार २१ ओभरमा १ सय ६४ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

ग्लेन मेक्सवेलले ३९ र डेभिड वार्नरले २५ रन बनाउनुबाहेक अष्ट्रेलियाका कुनै ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका युजबेन्द्र चाहलले ३ विकेट लिए । चेन्नेइमा पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । भारतका हार्दिक पाण्ड्याले ८३ र महेन्द्रसिंह धोनीले ७९ रन बनाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  १ : ५० बजे