१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अनेरास्ववियु कपिलवस्तुद्धारा जिम्मेवारी बाडफाँड, संगठनको हित विपरित जानेलाई निकाष्शन



 

उज्ज्वल अधिकारी, कपिलवस्तु, ४ असोज ।
स्थानीय तहको निर्वाचन संगै देश संघियता कार्यान्वयनको चरणमा प्रवेश गरीसकेको सन्दर्भमा अनेरास्ववियु कपिलवस्तुले पनि आफनो संगठन निर्माणमा सोहि अनुसार गर्ने भएको छ ।

अनेरास्ववियु केन्द्रिय कमिटीले निर्देशन गरे बमोजिम स्थानीय तह अनुसारका कमिटि निर्माण गरीने अनेरास्ववियू केन्द्रिय कमिटि सदस्य टुकलाल गैरेले बताउनु भएको छ ।

कपिलवस्तुको बाणगंगा स्थित बनगाईमा भएको जिल्ला सम्मेलन आयोजक कमिटी बैठकमा गैरेले सो कुरा बताउनुभएको हो । बैठकले कपिलवस्तुका १० स्थानीय तहमा सांगठनिक जिम्मेवारी रहने गरी सम्मेलन आयोजक कमिटि सदस्यहरुलाई तोकेको छ ।

सम्मेलन आयोजक कमिटी संयोजक विकास आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले स्ववियु निर्वाचन र स्थानीय निर्वाचनमा संगठन र पार्टिको हित विपरीत जाने जिल्ला कमिटि सदस्य लगायत विभिन्न जिम्मेवारीमा रहेका चार जनालाई कारबाहि समेत गरेको छ ।

बैठकको प्रमुख अतिथीको रुपमा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष झविलाल पोखरेलले पछिल्लो समयमा नेकपा एमाले अन्य पार्टिका नेता कार्यकर्ता समेतको आकर्षणको केन्द्रको रुपमा रहेको र नेकपा एमाले प्रवेशका आकांक्षीहरु वृद्घि भएको बताउनुभयो ।
बैठकमा बोल्दै अनेमसंघ केन्द्रिय सदस्य तथा पार्टि स्कुल विभाग सदस्य बिमला घिमिरेले संगठनमा अनुशाषन र प्रशिक्षणको अपरिहार्यता बढ्दै गएको भन्दै सोको लागी ठोस योजना बनाएर अघि बढ्न संगठनलाइ निर्देशन दिनुभयो ।

त्यस्तै बैठकका अर्का अतिथी नेकपा एमाले पार्टि जिल्ला कमिटि उपाध्यक्ष बाबुराम खनालले अनेरास्ववियु कपिलवस्तुले स्थानीय तह निर्वाचनमा उदाहरणीय योगदान दिएको भन्दै प्रसंसा गर्नुभयो ।

विद्यार्थी इन्चार्ज समेत रहनुभएका खनालले बैठकको सहजीकरण गर्नुभएको थियो । बैठकले नेपालीहरुको महान चाडवाडको अवसरका यहि असोज २१ गते बरकलपुरमा सम्मान शुभकामना तथा चियापान कार्यक्रम आयोजन गर्ने निर्णय गरेको सम्मेलन आयोजक कमिटि, प्रचारप्रसार विभाग प्रमुख उज्ज्वल अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  १ : ३९ बजे