५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नगर भित्रका सबै वडामा खानेपानीको समस्या समाधान – मेयर थारु



सरिता थारु, कपिलवस्तु, ४ असोज ।
वर्षौदेखि स्वच्छ खानेपानीबाट बञ्चित कपिलबस्तुको बाणगंगा नगरपालिका भित्रका सबै वडामा खानेपानीको सुविधा अब पुग्ने भएकोे छ । बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले नगर भित्रका सबै वडामा खानेपानीको समस्या समाधानका लागि पहल गर्र्ने बताउनुभएको हो ।

साथै आवश्यकता अनुसार ओभरहेड ट्यांकी निमार्ण गर्ने प्रस्ट पार्नुभयो । महिला शक्ति विकास केन्द्रको आयोजनामा महिला शक्ति विकास कार्यक्रम सम्बन्धि जानकारी मुलक एक दिवशिय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

त्यस्तै कार्यक्रममा वडा नं.३ र ४ का वडा अध्यक्षद्धय सन्तराम रौतार र गणेश क्षेत्रीले महिलाहरु आर्थिक, सामाजिक र राजनीती रुपमा सक्षम भए मात्र देश विकास हुने औल्याउनुभयो ।

कार्यक्रममा महिला प्रतिनिधी सरिता देवि ढकाल, सदस्य कुल बहादुर सोमै मगर, ऋषीराम थारुले बोल्दै स्थानीयहरुको समस्या समाधानका लागि आफुहरु प्रतिबद्ध भैई काम गरेको बताउनु भयो । साथै आफना हक र अधिकारका लागि महिलाहरु आफै सचेत हुन पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधी, नागरिक समाजका कपिलबस्तुका अध्यक्ष दोलख बहादुर पछाई, गाउ महिला समुहका सहभागि सदस्यहरुले लगाएतले बोल्नु भएको थियो ।
सस्थाका कोर लिडर रिना थारुको संचालन, सावित्रा थारुको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा क्षेत्रिय सयोजक जानकी चौधरीले सस्थले गरेको क्रियाकलाप बारे जानकारी गराउनु भएको थियो । यस्तै कोर लिडर शिवकुमारीले संस्थाबारे जानकारी गराउनुभएको हो ।

यसैविच सस्थाले गठन गरेको समुह मध्ये सृजनशिल गाउमहिला समुहलाई उत्कृष्ट महिला समुहको रुपमा पुरस्कृत समेत गरेको छ । समुहले पुरस्कार स्वारुप नगर ५ हजार रुपैया प्राप्त गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  १ : ४५ बजे