१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कांग्रेसका वरिष्ठ नेता पौडेल चन्द्रौटा आउँदै



मायादेवी अनलाइन, कपिलवस्तु, ५ असोज ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज कपिलवस्तु आउनुहुने भएको छ । जिल्लाको चन्द्रौटामा हुने पार्टीको कार्यक्रममा सरिक हुन पौडेल कपिलवस्तु आउनुहुने भएको हो ।

केहि हप्ताको लागि जिल्ला दौडाहमा निस्किनु भएका पौडेलले चन्द्रौटामा पार्टीको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

साथै उक्त अवसरमा केहि पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने तयारी भएको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  १२ : ४३ बजे