१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

डिवाईसी कपमा आयोजक मालामाल, उपाधी जित्योे



अबिनाश बेल्बासे, कपिलवस्तु, ६ असोज ।
कपिलवस्तुमा सर्वाधिक धनराशीको दोश्रो कपिलवस्तु विवाईसी कपको उपाधी आयोजक दर्पण युवा क्लब राजपुरले जितेको छ ।

बिहिबार साझँपख भएको खेलमा दर्पण युवा क्लब राजपुरले रु. १ लाख नगद, सिल्ड, मेडल, प्रमाणपत्र सहित उपाधि प्राप्त गरेको हो ।

फाईनल खेलमा दर्पण युवा क्लब राजपुर र न्यु मुहान युवा क्लब झुँगा भिडेका थिए । निर्धारीत समयमा दुबै पक्षबाट कुनै पनि गोल हुन नसकेपछि पेनाल्टि मार्फत खेल खेलाईएको थियो ।

पेनाल्टिमा आयोजक दर्पण युवा क्लबले ५÷४ गोल अन्तरले मुहान युवा क्लबलाई हराउन सफल भयो ।

प्रतियोगीताको उपबिजेता बनेको मुहान युवा क्लब झँुगा कपिलबस्तुले रु. ५० हजार नगद, सिल्ड, प्रमाणपत्र, र मेडल प्राप्त गरेको छ ।

खेलमा म्यान आफ दि म्याच दर्पण युवा क्लबका गोलकिपर दिपेश यादब भएका छन । त्यसैगरी उनले सम्पुर्ण प्रतियोगिताको बेस्ट किपरको उपाधि पनि चुमेका छन ।

त्यसैगरी धेरै गोल गर्ने खेलाडि तर्फ दर्पणकै अमृत गरु¨ भएका छन । उनले प्रतियोगिता भरि ६ गोल गरेका थिए । त्यस्तै म्यान आफ द शिरिज पनि दर्पणकै रबिन थापाले प्राप्त गरेका छन । बेस्ट डीफेन्डर मुहान युवा क्लब झुगाँका दिल बहादुर मल्लले प्राप्त गरेका हुन ।

बिजयिहरु खेलाडीलाई नेकपा एमाले क्षेत्र नं. १ का सांसद बलराम अधिकारी र बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणि अर्यालले पुरस्कार प्रदान गर्नुभएको थियो ।

वाणगंगा नगरपालिका २ राजपुरमा संचालित लुम्बिनी अंचल स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा १६ टीमले सहभागीता जनाएका थिए । प्रतियोगितामा रुपन्देही, नवलपरासी, अर्घाखाँची र कपिलवस्तुका १६ वटा टिमले सहभागीता जनाएका थिए ।

 

प्रकाशित मिति : ६ आश्विन २०७४ शुक्रबार ००:००  २ : ५० बजे