१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

भलवाडमा जारी फुटबल प्रतियोगितामा आज दुई खेल हुने शुरु



बाबुराम रायमाझी, भलवाड, ९ असोज ।
युवा शक्ति आजको आवश्यकता भन्ने मूल नाराका साथ विजया दशमीको अवसरमा भलवाडमा जारी तेस्रो दिनमा आइतबार दुई खेल सम्पन्न भएका छन ।
चन्द्र सूर्य युवा क्लव वाणगंगा ९ वर्दहवाको आयोजनामा टोल स्तरीय पुरुष नक आउट फुटवल प्रतियोगिताको वाणगंगा ९ भलवाडमा भएको तेस्रो दिनको पहिलो फुटवल खेलमा प्रयास सामाजिक युवा क्लव भर्तापुर र साहारा युवा कलव भलवाड वीच भएको खेलमा प्रयास सामाजिक युवा क्लवले साहारा युवा क्लवलाई १ का बिरुद्ध ८ गोल गरी भर्तापुर क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै दोस्रो फुटवल खेलमा लाली गुराँस युवा क्लव पूर्व जिनुवा वन घुस्री र आयोजक चन्द्र सूर्य युवा कलव ए वीच भएको खेल निर्धारित समयमा गोल नभएपछि ट्राई बे्रकरमा ४ का बिरुद्ध ५ गोल गरी चन्द्र सूर्य युवा क्लव ए बर्दहवा क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
सोमबारको पहिलो खेल लिंकन युवा कलव जिनुवा र न्यु युवा क्लव पडरिया र दोस्रो खेल प्रयास सामाजिक युवा क्लव भर्तापुर र सिद्धार्थ युवा क्लव चौवाह वीच हुने आयोजकले जनाएको छ ।
साथै फुटबल खेलमा ११ वटा टीमको सहभागिता रहेको छ । प्रथम विजेतालाई हुनेलाई १८ केजीको बोका र द्धितिय हुनेलाई १४ केजीको बोका, कप, मेडल, प्रमाण पत्र पुरस्कार रहेको क्लवका अध्यक्ष रमेश के.सी.ले जानकारी गराउनु भएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  १ : ३७ बजे