१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

हरीहरपुरमा जारी क्रिकेट प्रतियोगितामा आइतबार कुन कुन क्लब विजयी भए ?



दिपा महत, कपिलवस्तु ९ असोज ।
हरियरपुर हरियाली युवा क्लवको आयोजनामा सञ्चालित जिल्ला स्तिरिय क्रिकेट प्रतियोगिताको आइतबार पाचौै दिनमा २ वटा खेलहरु सम्पन्न भएका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ८ स्थित हरिहरपुरमा ३ गते बाट प्रतियोगिता सुरु भएको हो ।
आइतबारका पहिलो खेल छिटाईदिहवा युवा क्लव र हरियाली युवा क्लवको सि विच भएको थियो । जसमा छिटाईदिहवा युवा क्लव विजयी भएको थियो । यसैगरी दोस्रो खेल सूर्योदय युवा क्लव चौवन्नपुर र अमहवा युवा क्लव विच भएको हो । जसमा सूर्योदय युवा क्लव ४ विकेटले विजयी भएको छ ।

प्रथियोगितामा प्रथम हुने समुहलाई खसी, शिल्ड मेडल प्रमाणपत्र, द्धितिय हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र दिनुका साथै सेमिफाईनलमा प्रवेश गर्ने सम्पूर्ण टिमलाई पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  १ : ४५ बजे